११ कार्तिक २०७८, बिहीबार
गृह १८ बर्षीय स्वस्तिका बख्रेल बनिन् नगर प्रमुख
१८ बर्षीय स्वस्तिका बख्रेल बनिन् नगर प्रमुख

१८ बर्षिया किशोरी स्वस्तिका बख्रेल सन्धुलीको कमलामाई नगरपालिकार्मा एक दिनका लागि नगरपालिका प्रमुख पदमा नियुक्त भएकि छिन्।

अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा नेतृतव र निर्णय परियोजना अन्तरगत नेतृत्व हस्तानतरण “डिजिटल पुस्ताः हाम्रो पुस्ता”भन्ने नारालाई सार्थक बनाउन प्लान इन्टरनेसनल नेपालको सहयोगमा जनजाती बिकास समाज सिन्धुलीले आयोजना गरेको कार्यक्रममा उनलाई नगर प्रमुखमा नियुक्त गरिएको हो।


बख्रेलले एक दिनकका लागि नगरपालिकाको आर्थिक र प्रशासनिक बाहेकका काम गर्नेछिन्।

गरि नगरप्रमुख नियुक्त गरिएको हो।बालबालिकाहरूले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन् र नगरपालिकाको नेतृत्वले कसरी काम गर्छन् भन्ने विषयलाई बालबालिकालाई अनुभूत गराउन यस्तो जिम्मेवारी दिइएको हो।

आज बिहान ८ बजेबाट नगर प्रमुखको लागि छनौट भएकी बालिका बख्रेललाई जिम्मेवारी दिएको पत्र सहित पदभार ग्रहण गराइएको थियो ।सोही अवसरमा नवनियुक्त नगर प्रमुखलाई स्वागत गरेर निवर्तमान नगरप्रमुख खड्गबहादुर खत्रीले नेतृत्व हस्तान्तरण गरेका थिए।

बख्रेलले आफु बालबालिकाहरु साइबर हिंसाबाट पिडित भएको भन्दै योजना नै बनाएर कायान्यनमा जाने प्रतिवद्धता जनाइन। बालिकाको शिक्षा स्वास्थ र सुरक्षामा योजनाबद्ध रुपमा बिकास र विस्तार गर्ने पनि उनले बताईन्।

Facebook Comments

हरेक खबर खास खबर