९ कार्तिक २०७८, मंगलवार
गृह काँग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लाग्योः कसलाई के जिम्मेवारी?
काँग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लाग्योः कसलाई के जिम्मेवारी?

काठमाडौं। सत्तारुढ गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसबाट सरकारमा सहभागि हुनेहरुको नाम र मन्त्रालय टुंगो लागेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले थप मन्त्रीहरूको टुंगो लगाउका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले पाएकामध्ये ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, दिलेन्द्रप्रसाद बडूलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाउने टुंगो लागेको छ।


कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्र मन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री भइसकेका छन्। कानुनमन्त्री रहनुभएका कार्कीलाई देउवाले सञ्चार मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।

Facebook Comments

हरेक खबर खास खबर