९ कार्तिक २०७८, मंगलवार
गृह सांसद नै नभएका प्रधानन्यायधीशका जेठान बने उद्योगमन्त्री
सांसद नै नभएका प्रधानन्यायधीशका जेठान बने उद्योगमन्त्री

काठमाडौं। सत्तारुढ गठबन्धनमा सांसद नै नरहेका नेपालगञ्जका गजेन्द्र हमाललाई मन्त्री बनाईने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाएको मन्त्रीहरुको सूचीमा हमालको पनि नाम समावेश गरिएको छ।


हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हुन् ।

हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइने भएको छ। नेपाली कांग्रेस बाँकेका पूर्वसभापति रहिसकेका हमाल पछिल्लो समय कांग्रेस राजनीतिमा खासै सक्रिय छैनन्। तर, उहमाललाई प्रधानन्यायाधीशको नाता लगाएर न्यायपालिकाको भागबण्डामा मन्त्री बनाउन लागिएको हो।

हमाल सांसद नभएकाले उनी बढीमा ६ महिना मन्त्री बन्न पाउनेछन् । उनले मन्त्रीमा निरन्तरता पाउनका लागि यसबीचमा सांसद हुनुपर्नेछ।

माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा हमाललाई सांसद बनाउनेबारेमा समेत छलफल चलिरहेको बताईएको छ।

Facebook Comments

हरेक खबर खास खबर