९ कार्तिक २०७८, मंगलवार
गृह सञ्चारकर्मी अनुप विक्रम मल्लको ‘तिमी बिना बाँच्नै गाह्रो’ बजारमा (भिडियो सहित)
सञ्चारकर्मी अनुप विक्रम मल्लको ‘तिमी बिना बाँच्नै गाह्रो’ बजारमा (भिडियो सहित)

प्रेम गीत ’तिमी बिना बाँच्नै गाह्रो’ सार्वजनिक भएको छ। झण्डै आधा दर्जन बढी देउडा र दोहोरी गीतमा अभिनय गरिसकेका डडेल्धुराका सञ्चारकर्मी अनुप विक्रम मल्लको अभिनय रहेको प्रेम गीत शुक्रबार जय संगीत म्यूजिक प्रालिको युट्युव च्यानलबाट सार्वजनिक भएको हो।

सुमन ताम्राकारको शब्द र सङ्गितमा सजिएको उक्त गीतमा गायक विश्व पुनले आवाज दिएका छन्।


सञ्चारकर्मी मल्ल र टिकटक स्टार पवित्रा साँकीले अभिनय गरेको गीतमा निर्देशन पनि ताम्राकारले नै गरेका छन् भने श्रीराम फिल्मसका प्रबन्धक अमित बिकले छाँयाङ्कन गरेका छन्।

डोटीको बुडरस्थित बुडर झर्ना र बैतडी जिल्लाको पाटन क्षेत्रका रमणीय ठाँउहरूमा छायाकंन गरिएको गीतको म्युजिक भिडियो अत्यन्तै स्टायलिस बनेको सुटिङ टिमको दाबी छ।

 

Facebook Comments

हरेक खबर खास खबर