९ कार्तिक २०७८, मंगलवार
गृह मन्त्रीको वरीयताः नेकपा एसभन्दा जसपा अगाडि
मन्त्रीको वरीयताः नेकपा एसभन्दा जसपा अगाडि

काठमाडौं। वर्तमान मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री शेरबहादुर देउवापछिको दोस्रो वरीयतामा गृहमन्त्री बालकृष्ण खाँण छन्। प्रधानमन्त्री देउवापछिको वरीयतामा दोस्रोमा खाँण, तेस्रोमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन्। खाँण र कार्की का‌ंग्रेसका नेता हुन्।

चौथो वरीयतामा माओवादी केन्द्रबाट मन्त्री बनेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल छिन्। पाँचौँ वरीयतामा जनता समाजवादी पार्टी नेपालबाट मन्त्रिपरिषद्‌मा सहभागी भएका संघीय मामिला तथा प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ छन्।
वर्तमान मन्त्रिपरिषद्‌मा कांग्रेस, माओवादी र जसपापछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री भएकाको वरीयता कायम गरिएको छ।


वरीयतामा एकदेखि तीनसम्म कांग्रेस छ भने चौथोमा माओवादी र पाँचौँमा जसपा छ। छैटौँ वरीयतामा नेकपा (एस) बाट स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका विरोध खतिवडा छन्।

Facebook Comments

हरेक खबर खास खबर