९ कार्तिक २०७८, मंगलवार
गृह नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीच एकीकरण
नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृतबीच एकीकरण

काठमाडौं। नेकपा एकीकृत सामाजवादी र नेकपा एकीकृत पार्टीबीच एकीकरण भएको छ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकीकृतका अध्यक्ष जीवन राईले शुक्रबार एक वक्तव्य जारी गर्दै पार्टी एकिकरण भएको घोषणा गरेका हुन्।


एकिकरणपछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) नै रहनेछ।

पार्टीको चुनाव चिह्न भने कलम रहने भएको छ। राईले तत्कालीन नेकपामा विवाद चर्किएपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका थिए। राई सुरुदेखि नै माधव नेपाल निकट मानिन्थे।

Facebook Comments

हरेक खबर खास खबर