९ कार्तिक २०७८, मंगलवार
गृह मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाकोको ब्रिफिङ: हमाल कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन्
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाकोको ब्रिफिङ: हमाल कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन्

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले गजेन्द्र हमाललाई कांग्रेसको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाएको भन्दै मन्त्रिपरिषद् बैठकमा बताएका छन् ।

मन्त्रिपरिषद्ले पूर्णता पाएपछि शुक्रबार साँझ बसेको बैठकमा प्रधानमन्त्री देउवाले हमालको नियुक्तिबारे स्पष्टीकरण दिएका हुन्। अदालतको समेतको भागबन्डा मिलाउन हमाललाई नियुक्त गरिएकोबारे सार्वजनिक रुपमा आएपछि देउवाले त्यसबारे आएका समाचारहरू सत्य नरहेको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्।


बैठकपछि सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारेमा कुनै भ्रममा नपर्न आग्रह गरे।

बैठकले सार्वजनिक खर्च मितव्ययिता बनाउने सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।

Facebook Comments

हरेक खबर खास खबर