९ कार्तिक २०७८, मंगलवार
गृह मन्त्रिपरिषद्ले पूर्णता पाएपछिको पहिलो बैठक– यस्ता छन् निर्णय
मन्त्रिपरिषद्ले पूर्णता पाएपछिको पहिलो बैठक– यस्ता छन् निर्णय

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ता अनुसार उत्साह र इमान्दारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन्।


बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरेको छ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड–२०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषद्का समितिहरुलाई पुनर्गठन गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।

यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेको प्रस्ट पारे।

उनले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताए।

प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तर्कसमेत गरे।

Facebook Comments

हरेक खबर खास खबर