९ कार्तिक २०७८, मंगलवार
गृह प्रचण्डको कडा चेतावनी : मविरुद्ध अझै चलखेल गरे ओलीलाई राजनीतिबाटै बाहिर फालिदिन्छु
प्रचण्डको कडा चेतावनी : मविरुद्ध अझै चलखेल गरे ओलीलाई राजनीतिबाटै बाहिर फालिदिन्छु

काठमाडौं। सत्तारुढ पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टीलाई धोका दिएका कारण बालुवाटारबाट बालकोट पुर्याएको बताए। उनले अगामी दिनमा धोका दिए ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनीसमेत दिएका हुन्।

शनिबार पश्चिमनवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटनका लागि आएका प्रचण्डले भने–‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको हो अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ।’


प्रचण्डले भने– ‘ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो। २र४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिदैछ। अब पनि चलखेल गर्नखोजे राजनीतिबाटै बाहिर गर्दिन्छु, अति गरेपछि खति हुन्छ।’

हिन्दीमा भाषण गरेका प्रचण्डले मधेसी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको बताएका थिए।
प्रचण्डले भने –‘मधेसी जनता मेरा प्रेमिका हुन् कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोज्छन्। तर म निरन्तर तपाईहरुकै अधिकारका लागि लडिरहेको छु।’

Facebook Comments

हरेक खबर खास खबर