९ कार्तिक २०७८, मंगलवार
गृह बालकोट वार्तापछि प्रभु साह सन्तुष्ट, अब एमालेमै सक्रिय हुने
बालकोट वार्तापछि प्रभु साह सन्तुष्ट, अब एमालेमै सक्रिय हुने

काठमाडौं। लामो समयदेखि नेकपा एमालेबाट टाढिएर आइटी आर्मीको नाममा अलग्गै राजनीतिक संरचनाको अभ्यास गरिरहेका पूर्वमन्त्री प्रभु साह अब एमालेकै सांगठानिक दायरमा फर्किने भएका छन्।े
उनी आफ्नो माग नेकपा एमालेले सम्बोधन नगरेको भन्दै टाढिएका थिए ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर नेताहरुसँग छलफल गरेपछि साह एमालेमै रहने भएका हुन्। आफ्ना माग र सरोकार सम्बोधन गर्न अध्यक्ष ओली तयार रहेकाले अब एमालेमै क्रियाशील हुने साहले बताए।


बालकोटमा शुक्रबार करीव तीन घण्टा अध्यक्ष ओलीसहित बिष्णु पौडेल,शंकर पोखरेल,टोपवहादुर रायमाझी लगायतका नेताहरुसँग साहको छलफल भएको थियो।

साहले राखेका ८ बुँदे माग अधिकांश पूरा भइसकेको र अध्यक्ष ओलीले दस्तावेजमै नेकपा एकताको निरन्तरता एमाले भएको भनिसकेकाले अब विमति नरहेको बताएका छन्। उनले बाँकी कुरा पार्टी कमिटीको बैठकबाटै समाधान हुने जानकारी अध्यक्षले दिएपछि आफू उत्साहित भएको नेपाल प्रेसलाई बताए।

Facebook Comments

हरेक खबर खास खबर