९ कार्तिक २०७८, मंगलवार
गृह चितवनले पहिलोपटक जित्यो इपिएलको उपाधि
चितवनले पहिलोपटक जित्यो इपिएलको उपाधि

काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल) प्रतियोगिताको चौथो संस्करणको उपाधि चितवन टाइगर्सले जितेको छ। शनिबार दिउँसो भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले पहिलोपटक उपाधि आफ्नो पोल्टामा पारेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पोखराले दिएको ११२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले १५।५ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको हो।


चितवनका लागि भीम सार्कीले सर्वाधिक अर्धशतकिय इंनिग्सको योगदान दिए। ४५ बलको सामना गर्दै उनले ६३ रन जोडे। त्यस्तै, दिलीप नाथले १८ रन बनाउँदा मोहम्द साहजद ११ रनमा क्याच आउट भए। राजेश पुलामीले १४ रन बनाउँदा कप्तान सोमपाल कामी ४ रनमा अविजित रहे।

Facebook Comments

हरेक खबर खास खबर