९ कार्तिक २०७८, मंगलवार
गृह नेपालमा आज थप ७६० जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु
नेपालमा आज थप ७६० जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार १६८ र एन्टिजेन विधिबाट ५ हजार ८६३ जनामा परिक्षण गर्दा ७६० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १ हजार ६३३ र एन्टिजेनबाट ९२ हजार ९६३ जना पुगेको छ।


यस्तै, आज थप ८९९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ७५ हजार ७२ जना पुगेको छ । निको हुने दर ९६।७ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २२१ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३४० रहेको छ।

Facebook Comments

हरेक खबर खास खबर