९ कार्तिक २०७८, मंगलवार
गृह चौतर्फी आलोचनापछि मन्त्री हमालले बुझाए राजीनामा
चौतर्फी आलोचनापछि मन्त्री हमालले बुझाए राजीनामा

काठमाडौं। गैर सांसद पनि प्रधानन्यायाधीश चोलन्द्रशमशेर जवराको कोटाबाट मन्त्री बनेको चर्को आलोचना पछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन्।

आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।


प्रधानमन्त्री शेर बहादुर देउवाले आफु प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि शुक्रबार मन्त्रीपरिषद्लाई पूर्णता दिएका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो।

मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा बुझाएको मन्त्री हमालले बताएका छन्।

Facebook Comments

हरेक खबर खास खबर