९ कार्तिक २०७८, मंगलवार
गृह थप ५९६ जनामा कोरोना संक्रमण, १० जनाको मृत्‍यु
थप ५९६ जनामा कोरोना संक्रमण, १० जनाको मृत्‍यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

९ हजार २ सय ३७ पीसीआर परीक्षण गर्दा ५६५ जना र ३ हजार १६७ एन्टिजेन परीक्षण गर्दा ३१ गरी ५९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने ८७१ जना निको भएका छन्।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २ हजार १९८ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ भने ७ लाख ७५ हजार ९४३ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २४ जना रहेका छन्। जसमध्ये १३ हजार ८५९ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १६५ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ३२२ जना आईसीयू र ११३ जना भेन्टिलेटरमा उपचाररत् छन्। यस्तै २३४ जना क्वारेन्टिनमा रहेका छन्।

यस्तै १० वर्ष मुनिका १९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४६ जना कोरोना संक्रमित थपिएका छन्।

Facebook Comments

हरेक खबर खास खबर