८ कार्तिक २०७८, सोमबार
गृह बुटवलमा सुकुम्बासी र प्रहरीबीचको झडपः मृत्यु हुनेको संख्या ४ पुग्यो
बुटवलमा सुकुम्बासी र प्रहरीबीचको झडपः मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौं। रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरेर बसेका स्थानीय र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको छ।

मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एक जनाको सनाखत भएको शिक्षण अस्पताल युसिएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए।


उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन्। उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताए। मृत्यु भएकाहरु सर्वसाधारण हुन्। अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ । मृत्यु भएका अनय ३ जनाको भने सनाखत हुन सकेको छैन।

घटनामा ४ जनाको मृत्यु भएको प्रहरी श्रोतले पनि पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही श्रोतले ४ जनाको मृत्यु भएको र घाईतेहरुको यकिन तथ्यांक संकलन गरिरहेको खासखबरलाई जानकारि दियो।

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।

झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ।

आज ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।

तिवारीले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको र गोली चलाउनु परेको दाबी गनुभएपनि स्थानीयले भने प्रशासनले अन्धाधुन्दा गोली चलाउन आदेश दिएर ज्यादती गरेको बताएका छन्।

Facebook Comments

हरेक खबर खास खबर