११ कार्तिक २०७८, बिहीबार
गृह फोरजी टावर नबन्दा परशुरामका स्थानीय टेलिफोन सेवाबाट समेत बञ्चित
फोरजी टावर नबन्दा परशुरामका स्थानीय टेलिफोन सेवाबाट समेत बञ्चित

काठमाडाैं।  डडेल्धुराकाे परशुराम नगरपालिका वडा नं १० बेल्डाङी स्थित नेपाल टेलिकमकाे फाेर जी टावर निर्माणमा ढिलाई भएको छ।

२०७६ सालमा निर्माण सुरु भएपनि ठेकेदार परिवर्तन भइरहने समस्याले निर्माणमा ढिलाई भएको हाे। फाेर जि नेटवर्क निर्माणकाे काम शुरू भएपनि विशेष गरि परशुराम नगरपालिकाकाे वडा नं ९,१० र ११ का बासिन्दाहरू अहिले फोन सेवाबाट समेत बञ्चित भएका छन्।


यसअघि डेबरी स्थित थ्री जी नेटवर्कले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म काम गर्ने भएपनि अहिले त्याे समयमा समेत स्थानीयहरू टेलिफोन सुविधाबाट बञ्चित हुनुपरेकाे वडा नं १० जजाेलाका स्थानीय जयराज बिष्टले गुनासो गरे।

स्थानीय सरकारले गरेकाे पहलका बारेमा बुझ्न खोज्दा वडा नं १० का वडा अध्यक्ष हर्क बहादुर कार्कीले अाफुहरू टावर चाँडो सञ्चालनका लागि पहल गरिरहेकाे र दवाव सृजना गरिरहेकाे भएपनि ठेकेदारकाे ढिलाईका कारण समस्या भएकाे बताए। खासखबरसँग कुराकानी गर्दै उनले भने,’ हामीले/ मैले पनि स्वयं ठेकेदार र सम्बन्धित निकायमा पटक पटक अाग्रह गरेकाे छु, केही दिन अघि मात्री नेपाल टेलिकमकाे कार्यालयमै गएर पनि यश बारेमा जानकारि गराएकाे थिए तर निर्माण प्रकृयामा २/३ जना ठेकेदार हुने भएकाले समस्या भएकाे छ। अरू सबै काम सकिएकाे छ, हामी फाईनलमा छाैं दशैं भित्रै टावर छाड्ने भनेर लागि परेका हाैं तर ठेकेदारकाे फाइल मन्त्रालयमा अड्किएकाले ढिलाई भएकाे हाे।’

यसअघि टावरका लागि अावश्यक पर्ने ११ हजार भोल्टेजको लाईन साउन ३० गतेबाट सञ्चालनमा अाईसकेकेकाे छ। टावर पूर्ण रूपमा विद्युतकाे माध्यमबाट सञ्चालन हुनेछ।

यसअघि निर्माण गरिएका टावरहरू साेलार मार्फत सञ्चालन हुने भएकाले रातीकाे समयमा स्थानीयहरू सञ्चार बिहीन हुने गरेका छन्। याे टावर सञ्चालनमा अाए परशुराम नगरपालिका वडा नं ९,१० र ११ का बासिन्दाहरू नेपाल टेलिकमकाे फाेर जी सेजाबाट लाभाम्बित हुनेछन्।

तर टावर निर्माणमा ढिलाई हुँदा र टु जी सेवा समेत नपाउँदा स्थानीयहरू भने अाक्राेसित बनेका छन्।

निर्माण सकियाे तर फाेन गर्नै मिल्दैन

यता परशुराम नगरपालिका वडा नं ११ काे समस्या भने छुट्टै छ। चोरगाडामा बनेको नेपाल टेलीकम टावरको काम पुरा भइसक्दा पनि निरन्तर नेटर्वक नआइरहेको स्थानीय बासीन्दाले बताएका छन्।

उक्त टावर बनेदेखि पहिले आउने नेटवर्क समेत नआउने गरेकाले फोन गर्नको लागि घन्टौँको बाटो हिँडेर नेटर्वक आउने ठाउँमा पुग्नुपर्ने बाध्यता भएको स्थानीय बासीन्दाहरुको गुनासो छ।

टावर सम्बन्धी समस्या हुँदासमेत जनप्रतिनिधिहरुले चालो नदेखाएको स्थानीय बासीन्दा प्रकास धामीले आरोप लगाए। उनले भने, ‘ नेपाल टेलिकमका मान्छेहरु हामीले काम पुरा गरिसकेका छौ भन्छन्। तर मोबालइमा टावर आउँदैन्। पहिला आउने टावर समेत यसले गर्दा नआउने भएको छ। जनप्रतिनिधिहरु भने चुप लागेर बसेका छन्। हामी त ठुलो समस्यामा पर्यौ ।’

वडा न. ११ का वडाअध्यक्ष मानबहादुर महराले उक्त टावरको लागि आफुले पहल गरिरहेको बताए। असोज भित्रनै नेटवर्क छाड्ने गरि पहल गरीरहेको अध्यक्ष महारले दावी गरे। यता नेपाल प्राविधिक मोहोन जोशीले भने टावरको काम आफ्नो तर्फबाट पुरा भइसकेको बताए।

हाफुहरूले ईन्टरनेटका लागि मात्रै नेटवर्क छाडेकाे र भ्वाईस कलका लागि नेटवर्क छाड्न अँझै केही समय लाग्ने उनले बताए।

Facebook Comments

धर्मराज भट्ट खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।