८ कार्तिक २०७८, सोमबार
गृह डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते
डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

काठमाडौं। डडेल्धुरामा बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन्।

धनगढीबाट बाजुराका लागि छुटेको ना ७ ख १७४ नम्बरको बस डडेल्धुराको अमरगढी नगपालिका– ११ राइमा ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।


दुर्घटनामा घाईते भएकाहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

घाइतेहरु सबैजना सामान्य उपचार पछि गन्तब्यतर्फ गइसकेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारि दिएकाे छ।

Facebook Comments

हरेक खबर खास खबर