११ कार्तिक २०७८, बिहीबार
गृह मुगुमा बस दुर्घटनाः १६ जनाको घटनास्थलमै मृत्यु
मुगुमा बस दुर्घटनाः १६ जनाको घटनास्थलमै मृत्यु

मुगु। मुगुमा बस दुर्घटना हुँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ बिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य १८ जना घाइते भएका छन्।

घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढीका लापगि छुटेको भे १ ख ३१ ६७ नम्बरको बस अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ।


अहिले घाइतेहरुको उद्दारकार्य जारी छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए।

Facebook Comments

हरेक खबर खास खबर