९ कार्तिक २०७८, मंगलवार
गृह मुगुमा बस दुर्घटना (अपडेट): २३ जनाको मृत्यु
मुगुमा बस दुर्घटना (अपडेट): २३ जनाको मृत्यु

काठमाडौं। मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ। १६ जना घाइते भएका छन्।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस जुम्ला–मुगु सडकखण्ड अन्तर्गत मुगुको राराछायानाथ–७ पिनातपने खोलामा बस दुर्घटना भएको हो।


३६ सिटको गाडीमा ३९ जना सवार रहेको बताईएको छ।

बस सडकबाट अन्दाजी साढे दुई सय मिटर तल खसेको प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

घटनास्थलमा प्रहरीसहित प्रमुख जिल्ला अधिकारीको टोली पुगेको छ। दिउँसो २ बजेतिर दुर्घटना भएको हो।

सञ्चार सम्पर्क कमजोर रहेकाले विस्तृत विवरण आउन कठिन भएको प्रहरीले जनाएको छ। बस अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ।

Facebook Comments

हरेक खबर खास खबर