९ कार्तिक २०७८, मंगलवार
गृह वडाध्यक्षको कुटाइबाट दलित युवक गम्भीर घाइते
वडाध्यक्षको कुटाइबाट दलित युवक गम्भीर घाइते

सप्तरी। सप्तरीको रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ वर्षीय दलित युवक गम्भीर घाइते भएका छन्।

‘महिला भगाएको’ बिषयमा बसेको ‘पञ्चायती’ मा वडा अध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन्। वडा अध्यक्षसहितका पाँच जनाको समूहले युवकलाई कुटेको स्थानीय राजु जयसवालले बताए।


कुटपिटबाट युवक गम्भीर घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुग्दा सबै जना भागेको जयसवालले जानकारी दिए। घाइते युवकको राजविराजको गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल उपचार भइरहेको छ।

सप्तरीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले घटनाबारे प्रहरीलाई जानकारी आएको तर पीडितबाट जाहेरी आइनसकेको बताए।

वडा अध्यक्ष यादवले भने आफुले कसैलाई कुटपिट नगरेको दावी गरेका छन्। महिलालाई भगाएर ल्याएको विषयमा गाउँमा छलफल बस्दा केही व्यक्तिबीच सामान्य घम्साघम्सी मात्र भएको उनको भनाइ छ ।

Facebook Comments

हरेक खबर खास खबर