९ कार्तिक २०७८, मंगलवार
गृह पूर्वराजालाई बाबुराम भट्टराईले भनेः चुपचाप संघीय गणतन्त्र स्वीकारेर बस्नुस्
पूर्वराजालाई बाबुराम भट्टराईले भनेः चुपचाप संघीय गणतन्त्र स्वीकारेर बस्नुस्

काठमाडौं। जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर बस्न सुझाएका छन्।

मंगलबार सामाजिक सञ्जाल मार्फत पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले पूर्वराजाले दशैंका अवसरमा जारी गरेको शुभकामना सन्देशलाई लक्षित गर्दै यस्तो सुझाव दिएका हुन्।


मंगलबार नै भिडियो शन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र नेपालजस्तो देशमा सान्दर्भिक नहुने तर्क गरेका थिए।

डा.भट्टराईले यसलाई भ्रमको खेति संज्ञा दिएका छन्।

उनले लेखृेका छन्, ‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेति गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो ।पूर्वराजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु बेश हुनछ ।’

Facebook Comments

हरेक खबर खास खबर