९ कार्तिक २०७८, मंगलवार
गृह मोतिपुरको कर्फ्यू आज राति १२ बजेदेखि हट्ने, मृतकका परिवारलाई सरकारले पाँच लाख ५० हजार दिने
मोतिपुरको कर्फ्यू आज राति १२ बजेदेखि हट्ने, मृतकका परिवारलाई सरकारले पाँच लाख ५० हजार दिने

काठमाडौं। रुपन्देहीको मोतिपुरमा रुपन्देही प्रशासनले लगाएको कर्फ्यू आज राति १२ बजे देखि हटाउने भएको छ। मंगलबार एक सूचना जारी गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले असोज २४ गते दिउसो ४ बजे देखि लगाईएको कर्फ्यू रातिको १२ पछि हटाइने जनाएका छन्।

बुटवल उप–महानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा टहरा बनाउने समूह र प्रहरीबीच शनिबार झडप हुंदा प्रहरीको गोली लागेर चार जना सर्वसाधारणको मृत्यु र प्रहरीसहित ५० जना भन्दा बढी घाइते भएपछि कर्फ्यू लगाइएको थियो।


कर्फ्यू लगाइएको तेस्रो दिनमा त्यहांको स्थिति सामान्य अवस्थामा फर्कन थालेको छ। कर्फ्यू हटाए पनि भदौ २८ गते देखि नै जारी गरिएको निशेधाज्ञा भने यथावत रहेको सूचनामा उल्लेख छ।

यसैबीच झडपमा ज्यान गुमाउनेको परिवारलाई राहत रकम र किरिया खर्च उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले नेपाल सरकारलाई सिफारीस गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले विज्ञप्ती जारी गर्दै नेपाल सरकारको तर्फबाट मृतकको हकमा किरिया खर्च बापत ५० हजार र राहत स्वरुप प्रति परिवार ५ लाख रुपैया र प्रदेश सरकारका तर्फबाट प्रति परिवार १ लाख रुपैया प्रदान गर्न सिफारिस भएको जनाएका छन्।

सबै घाईतेहरुको उपचार बापत लाग्ने खर्चको लागि पनि नेपाल सरकार र प्रदेश सरकारलाई सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments

हरेक खबर खास खबर