९ कार्तिक २०७८, मंगलवार
गृह रुवी खानलाई असोज २८ गतेभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
रुवी खानलाई असोज २८ गतेभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं। प्रहरी नियन्त्रणमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई असोज २८ उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दशैंको नवमी अर्थात असोज २८ गते अदालत उपस्थित गराउन आदेश दिएको हो।


नेपालगञ्जका दुई जना महिलाको शंकास्पद मृत्युको घटना अनुसन्धानको माग गर्दै आएका आफन्त र अधिकारकर्मी न्यायका लागि पैदल हिँडेर अघिल्लो हप्ता काठमाडौं आएका थिए।

माइतीघरमा धर्ना बसेकै ठाउँबाट प्रहरीले गत शुक्रबार अधिकारकर्मी रुवी खानलाई पक्राउ गरेर नेपालगञ्ज लगेको थियो। उनलाई रिहा गर्न माग गर्दै अधिकारकर्मी मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएकि थिईन्।

सो रिटमा सुनुवाइ गर्दै आइतबार न्यायाधीश दीपककुमार कार्कीले २४ घण्टाभित्र खानलाई सर्वोच्चमा उपस्थित गराउन आदेश दिएपनि प्रहरीले खानलाई उपस्थित गराएको छैन।

Facebook Comments

हरेक खबर खास खबर