९ कार्तिक २०७८, मंगलवार
गृह फूलपाती बढाइँमा प्रधानसेनापति अनुपस्थित
फूलपाती बढाइँमा प्रधानसेनापति अनुपस्थित

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मालाई ज्वरो आएका कारण आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित भएका छन्।

स्वास्थ्य सतर्कता अपनाउँदै सो समारोहमा उनी उपस्थित नहुनुभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।


प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको उनले जानकारी दिए।

Facebook Comments

हरेक खबर खास खबर