११ कार्तिक २०७८, बिहीबार
गृह सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न प्रधानमन्त्री देउवाको आग्रह
सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नराख्न प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनामा मृत्यु भएको घटनाले स्तव्ध भएको बताएका छन्। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री देउवाले मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्धार एवं निःशुल्क उपचार गर्ने बताएका छन्।

प्रधानमन्त्री देउवाले दुर्घटनाले आफू स्तब्ध भएको बताउँदै दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण समेत गरे।


यस्तै प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक/निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्।

उनले भनेका छन्, ‘मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तव्ध भएको छु। दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु। दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ।

सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु।’

Facebook Comments

हरेक खबर खास खबर