९ कार्तिक २०७८, मंगलवार
गृह भारतमा कोइला सङ्कट चुलिँदै, खुला बजारमा बिजुली बिक्री नगर्न सरकारको चेतावनी
भारतमा कोइला सङ्कट चुलिँदै, खुला बजारमा बिजुली बिक्री नगर्न सरकारको चेतावनी

काठमाडौं। कोइला सङ्कट चुलिँदै गएकाले खुला बजारमा बिजुली बिक्री नगर्न भारतले चेतावनी दिएको छ। कोइला सङ्कट गहिरिँदा कोइलाबाट चल्ने पावर प्लान्टहरुमा असर गर्ने देखिएकाले खुला बजारमा बिजुली नबेच्न भारतको केन्द्र सरकारले चेतावनी दिएको हो।

कोइलाको आपूर्ति कम भएकाले बिजुलीको प्रयोगलाई बढी जोड दिँदा बिजुलीको माग बढिरहेको छ।


कतिपय राज्यमा घण्टौँसम्म बिजुली जाने समस्या देखिन थालेको छ । सरकारी कोइला कम्पनी कोल इन्डिया लिमिटेडले पर्याप्त मात्रामा कोइलाको आपूर्ति नभएको जनाएपछि बाहिरी देशबाट पनि कोइला मगाउनका लागि अनुमति प्रदान गरेको छ।

बिहार राज्यले पछिल्लो पाँच दिनमा निजी क्षेत्रसँग बिजुली किन्नका लागि भनेर अग्रिम ९० करोड रुपैयाँ भुक्तानी दिइसकेको छ। यसबाट बिहारमा ५ हजार ५ सय मेगावाटको पिक आवरको लोड धान्ने विश्वास गरिएको छ।

Facebook Comments

हरेक खबर खास खबर