९ कार्तिक २०७८, मंगलवार
गृह कस्तो छ आजको मैसम?
कस्तो छ आजको मैसम?

काठमाडौं। बुधबार पहाडी क्षेत्रका केही भागबाहेक देशभर मौसम सफा रहेको छ। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली भई हल्का वर्षाको सम्भावना रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको प्रक्षेपण छ।


त्यसैगरी राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। हाल देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको महाशाखाले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर