९ कार्तिक २०७८, मंगलवार
गृह मुगु बस दुर्घटनाः मृत्यु भएकामध्ये २४ जनाको परिचय खुल्यो
मुगु बस दुर्घटनाः मृत्यु भएकामध्ये २४ जनाको परिचय खुल्यो

काठमाडौं। मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जना मध्ये २४ जनाको सनाखत भएको छ। दुर्घटनामा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षकी लग्न सेजुवाल, उनका २ वर्षका छोरा, २१ वर्षकी अमृता शाही राणा, ४–५ वर्षका आयुष राणा, २२ वर्षका महेन्द्र शाही र २० वर्षकी मनदेवी बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

यस्तै, छायाँनाथ रारा नगरपालिका १० की १८ वर्षकी पूजा बुढा, वडा नम्बर ८ की ३३ वर्षकी प्यारी विक (कामी), ३५– ३६ वर्षका दानबहादुर रावल, २२ वर्षका सन्तोष बिकालुको मृत्यु भएको छ।


यस्तै वडा नम्बर १२ का २२ वर्षका छाता साउद, वडा नम्बर १० की २० वर्षकी सरिता खड्का, १८ वर्षका अमर साउद र २२ वर्षका सुनबहादुर विक, वडा नम्बर १४ का २२ वर्षका कर्णसिंह बुढा, १९ वर्षका शिव बुढा र २० वर्षका रुपसिंह कार्की, वडा नम्बर १ की २३ वर्षकी चन्द्रादेवी मल्ल, वडा नम्बर ६ की १९ वर्षकी राममाया धामी, वडा नम्बर ११ का २२ वर्षका प्रकाश बुढा, वडा नम्बर ५ का २९ वर्षका अजय कार्की, ३२ वर्षकी कमला बीसी राउतको मृत्यु भएको छ।

दुर्घटनामा मुगुको सोरु गाउँपालिका ३ का २५ वर्षका मनरुप कुमाल र बाँके जिल्लाका २२ वर्षका प्रदीप स्वर्णकारको पनि ज्यान गएको छ। दुर्घटनामा ज्यान गुमाएका अन्य चार जनाको भने परिचय खुल्न बाँकी छ।

दुर्घटनामा २० पुरुष, १० महिला र दुई जना बालबालिकाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पुष्टि गरेका छन्।

११ जना घाइतेको नेपालगञ्जमा उपचार भइरहेको छ। दुई वर्षकी एक बालिकालाई भने सामान्य चोट लागेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले खाखबरलाई जानकारि दिए।

मंगलबार नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो २ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।

Facebook Comments

हरेक खबर खास खबर