९ कार्तिक २०७८, मंगलवार
गृह मानवीय क्रियाकलाप र जलवायु परिवर्तनले प्राकृतिक प्रकोपको जोखिम बढ्दो
मानवीय क्रियाकलाप र जलवायु परिवर्तनले प्राकृतिक प्रकोपको जोखिम बढ्दो

काठमाडौं। आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सन् १९८९ को राष्ट्रसङ्घको साधारण सभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि दिवसको सुरुवात गरेको थियो। हरेक वर्षको अक्टोबर १३ तारिखका दिन विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिन्छ।

२०७२ सालको भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए। त्यस्तै ८ लाखभन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदामा क्षति गरेको थियो।


मानवीय क्रियाकलाप, जलवायु परिवर्तन लगायतका कारणले प्राकृतिक प्रकोपको जोखिम अझ बढ्दो छ। नेपालमा बाढी/पहिरो, हिम पहिरो तथा भूकम्पको जोखिममा छ।

नेपालमा पनि बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिका कारण बर्सेनि ठूलो जनधनको नोक्सानी हुने गरेको छ।

भूकम्पको हिसाबले विश्वको ११ औं तथा बाढी/पहिरो लगायतका प्रकोपका हिसाबले ३० औं स्थानमा छ। नेपालमा पहाडी भागमा पहिरो र भूक्षय तथा तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागीको जोखिम छ।

Facebook Comments

हरेक खबर खास खबर