९ कार्तिक २०७८, मंगलवार
गृह रुपन्देहीको मोतीपुर क्षेत्रमा लागाईएको कर्फ्यु हट्यो
रुपन्देहीको मोतीपुर क्षेत्रमा लागाईएको कर्फ्यु हट्यो

काठमाडौं। रुपन्देहीको बुटवल स्थित मोतीपुर औद्योगिक क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ।

आईतबार प्रहरी र सुकुम्बासीहरु बीच भएको ४ जनाको मृत्यु र ५० बढि घाईते भएपछि स्थितीलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो।


स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। कर्फ्यू हटाए पनि भदौ २८ गते देखि नै जारी गरिएको निशेधाज्ञा भने यथावत रहेको छ।

यस्तै मृतकका परिवारलाई प्रदेश सरकारले १/१ लाख दिने घोषणा गरेको छ।

थप साढे ५ लाख रुपैयाँ परिवारलाई राहत प्रदान गर्न रुपन्देही प्रशासनले सङ्घीय सरकारलाई सिफारिस गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले विज्ञप्ती मार्फत जानकारि दिएका छन्।

Facebook Comments

हरेक खबर खास खबर