९ कार्तिक २०७८, मंगलवार
गृह थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि
थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार ५९४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३६५ जनाको नतिजा पोजिटिभ आएको हो।

तीन हजार ६७१ नमुनाको पीसीआर परीक्षण गर्दा ३२६ र एक हजार ९२३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा कोरोनाका कारण चारजनाको मृत्यु पुष्टि भएको छ।


योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ६०९ जना निको भएका छन्।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ७८ हजार ३५० पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर