९ कार्तिक २०७८, मंगलवार
गृह काठमाडौमा सवारी साधनको चहलपहल घट्यो
काठमाडौमा सवारी साधनको चहलपहल घट्यो

काठमाडौं। काठमाडौं उपत्यकाका सडकमा सवारी साधनको चहल पहल घटेको छ। काठमाडौलाई कार्यस्थल बनाएर बसेकाहरू दसैँ मनाउन घर फर्किएसँगै सडकमा सवारी चाप घटेको हो।

फूलपातीदेखि सार्वजनिक विदा सुरु भएकाले पनि उपत्यकाका मुख्य सडकमा सवारी चाप घटेको हो। उपत्यकामा सार्वजनिक र निजी सवारी कम सञ्चालन भएका छन्।


अधिकांश दसैँ मनाउन राजधानी बाहिर जानु र राजधानीमै बसेका पनि आ-आफ्नो घरमा पारिवारिक जमघटमा बसेपछि हरेक वर्ष दशैमा राजधानीका सडकमा सवारीको चाप कम हुने गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर