९ माघ २०७८, आईतवार
गृह बालबालिकाका लागि कोरोना विरुद्धको खोप ल्याउन गृहकार्य शुरु, पुस सम्म एक करोड खोप ल्याउने लक्ष्य
बालबालिकाका लागि कोरोना विरुद्धको खोप ल्याउन गृहकार्य शुरु, पुस सम्म एक करोड खोप ल्याउने लक्ष्य

काठमाडौं। सरकारले बालबालिकालाई कोभिड विरुद्धको खोप ल्याउने तयारी सुरु गरेको छ। पुस मसान्तसम्म बालबालिकाकै लागि एक करोड खोप ल्याउने लक्ष्य राखेको सरकारले चैतसम्म सबै नेपालीलाई खोप लगाउने गरी कार्ययोजना तयार पारेको छ।

कार्ययोजना अनुसार बालबालिकाका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप ल्याइने छ।


प्रस्तावित खोपको मात्रा मध्ये केही अनुदानमा र केही आफैंले खरिद गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६४ लाख ६८ हजारले पूणर् खोप लगाइएका छन् । ८३ लाख ६१ हजारले पहिलो मात्रा खोप लगाएका छन्।

आगामी चैतसम्ममा सबै नागरिकलाई पूणर् खोप लगाइसक्ने योजना अनुसार सरकारले बालबालिकाको लागि पनि खोप ल्याउने तयारी सुरु गरेको हो ।

Facebook Comments

हरेक खबर खास खबर