९ कार्तिक २०७८, मंगलवार
गृह साफ च्याम्पियनसिपः १–१ को बराबरीसँगै नेपाल फाईनलमा
साफ च्याम्पियनसिपः १–१ को बराबरीसँगै नेपाल फाईनलमा

काठमाडौं। नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। आज राउण्ड रोबिन लिगको अन्तिम खेलमा १० खेलाडीमा सिमित बंगलादेशसँग नेपालले १–१ गोलको बराबरी खेलेको हो।

यससँगै नेपाल पहिलो पटक साफको फाइनलमा प्रवेश गरेको छ । सन् १९९३ बाट सुरु साफ च्याम्पियनसिपको १३औं संस्करण आइपुग्दा नेपाल पहिलो पटक फाईनलमा पुगेको हो।


खेलको ९ औँ मिनेटमा बंगलादेशका जर्सी नम्बर सातका खेलाडी सिमोन रेजाले हेडमार्फत गोल गरेका थिए। खेलको ८८ औं मिनेटमा नेपालका लागि अन्जन विष्टले पेनाल्टीमा निर्णायक गोल गर्दै नेपालको फाईनल यात्रा तय गराएका हुन्।

Facebook Comments

हरेक खबर खास खबर