६ कार्तिक २०७८, शनिबार
गृह साफ च्याम्पियनसिपः फाइनलमा नेपालले भारतसँग खेल्ने
साफ च्याम्पियनसिपः फाइनलमा नेपालले भारतसँग खेल्ने

भारत माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो।

मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर सिंहले एक गोल गरेका थिए।


माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काएका थिए। रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा मानबिरले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए।

तर, खेलको ४५ औं मिनेटमा कप्तान अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ६२ औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई २-१ को अग्रता दिलाए।

त्यसपछि खेलको ७१ औं मिनेटमा सुनिलले दोस्रो गोल गर्दै भारतलाई ३-१ को जित दिलाए। यस्तै खेलको इन्जुरी समयमा सुबासिस बोसले रातो कार्ड पाएपछि भारत अन्तिम केहि समय १० खेलाडीमा समेटिएको थियो।

यस जितसँगै भारत शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो। भारतले ४ खेलमा ८ अंक जोड्यो। अब भारतले उपाधिका लागि नेपालको सामना गर्नेछ । फाइनल खेल आइतबार नेपाली समय अनुसार ४ः४५ बजे सुरु हुनेछ।

Facebook Comments

हरेक खबर खास खबर