९ कार्तिक २०७८, मंगलवार
गृह आईपीएल क्रिकेटः उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने
आईपीएल क्रिकेटः उपाधिका लागि चेन्नई र कोलकाता भिड्ने

काठमाडौं। इन्डियन प्रिमियर लिगको फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्ने भएका छन्।

कोलकाताले हिजो राती सम्पन्न दोस्रो क्वालिफायर्समा दिल्ली क्यापिटल्समाथि तीन विकेटको रोमाञ्चक विजय हासिल गर्दै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो।


लिग चरणमा शीर्ष स्थानमा रहेर प्लेअफमा स्थान बनाएको दिल्ली क्यापिटल्सले फाइनलमा स्थान बनाउन भने सकेन । पहिलो क्वालिफायर्समा दिल्ली चेन्नईसँग चार विकेटले पराजित भएको थियो।

लिगको चौथो स्थानमा रहेर प्ले अफ पक्का गरेको कोलकाताले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायर्समा स्थान पक्का गरेको हो।

हिजो शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३५ रन बनाएको थियो।

१३६ रनको लक्ष्य कोलकाताले एक बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गरेको हो।

Facebook Comments

हरेक खबर खास खबर