९ कार्तिक २०७८, मंगलवार
गृह कैलालीमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, दुई घाईते
कैलालीमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, दुई घाईते

काठमाडौं। कैलालीमा मोटरसाइकल दुर्घना हुँदा एक जनाको मृत्यु भएको छ। २ जना घाईते भउका छन्। जिल्लाको गौरीगंगा नगरपालिका –२ आमबगीयामा से२प ५९५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक गौरीगंगा –१ का २५ वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।


मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय हरि चौधरी र २२ वर्षीय डबल बोहोरा घाइते भएका छन्।

उनीहरु दुबै जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। मृतक लक्ष्मणको पनि सेती अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरीले जानकारि दिएको छ।

Facebook Comments

हरेक खबर खास खबर