८ कार्तिक २०७८, सोमबार
गृह रुवी खानलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश
रुवी खानलाई तत्काल रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं। प्रहरी नियन्त्रणमा रहेकी महिला अधिकारकर्मी रुवी खानलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश गरेको छ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खानलाई रिहा गर्न आदेश दिएको हो।


इजलासले रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्न समेत आदेश दिएको हो। प्रहरीले बहुविवाहको आरोपित भन्दै खानलाई गत शुक्रबार पक्राउ गरेको थियो।

उनको पक्राउविरुद्ध अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकि थिईन्।

२ महिला हत्याको विषयमा न्याय खोज्न बाँकेबाट काठमाडौं पैदल आएका आफन्त र अधिकारकर्मीहरुको प्रदर्शनस्थल माइतीघर मण्डलाबाट प्रहरीले खानलाई पक्राउ गरेको थियो।

Facebook Comments

हरेक खबर खास खबर