१८ मंसिर २०७८, शनिबार
गृह अस्पताल भर्ना हुनुअघि रुबीको माग : आन्दोलनकारीलाई झुट्टा मुद्दामा नफसाइयोस्
अस्पताल भर्ना हुनुअघि रुबीको माग : आन्दोलनकारीलाई झुट्टा मुद्दामा नफसाइयोस्

काठमाडौं। नौं दिनदेखि आमरण अनसनरत रुबी खानलाई अस्पताल भर्ना गरिएको छ। माइतीघर मण्डलामा अनसनरत उनलाई शनिबार अपरान्ह त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको हो।

बाँकेको नवानी गाउँकी नकुन्नी धोबी र परस्पुर गाउँकी निर्मला कुर्मीको मृत्युको घटनामा प्रहरीले गरेको अनुसन्धान चिक्त बझु्दो नभएको भन्दै बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएका थिए।


काडमाडौं आए लगतै प्रहरीले रुबीलाई पक्राउ गरेर वहुविवाहको मुद्दामा फसाउन खोजेको थियो। तर सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि छुटेकी उनले आमरण अनसन भने जारी राखेकी छन्।

सार फेर्न गाह्रो हुनुका साथै शरीरमा पानीको मात्र कम भएपछि उनले अस्पताल लगिएको छ। अस्पताल जानु अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रुबीले अहिले पनि आन्दोलनरत आफूहरुको परिवारलाई धम्की आइरहेको बताइन्। उनले भनिन्, आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी होस् र झुटा मुद्दामा नफसाइयोस्।’

रुबीले दुबै घटनाको यथाशीघ्र छानबिन गर्न तथा अभियुक्तहरुलाई संरक्षण गरेको आरोप लागेका बाँकेका एसपी र डीएसपीलाई विभागीय कारबाही गर्न माग समेत गरेकी छन्।

Facebook Comments

हरेक खबर खास खबर