१८ मंसिर २०७८, शनिबार
गृह गोरखा केन्द्रविन्दू भएर भूकम्पको धक्का
गोरखा केन्द्रविन्दू भएर भूकम्पको धक्का

काठमाडौं। गएराति पूर्वी गोखरा र आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उत्तर पूर्वी गोरखाको मानबु केन्द्रविन्दू बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

राती ४ बजेर ९ मिनेटमा गएको भूकम्पको धक्का गोरखा, धादिङ, रसुवा र नुवाकोटसम्मका नागरिकले महशुस गरेका थिए।


सुतिरहेको समयमा भूकम्प गएसँगै स्थानीयहरु त्रसित बनेका थिए। २०७२ बैशाख १२ मा गोरखा नै केन्द्र बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पयता हजारौंपल्ट भूकम्प र पराकम्पहरु गइरहेको छ।

Facebook Comments

हरेक खबर खास खबर