२२ मंसिर २०७८, बुधबार
गृह भारतको केरलामा बाढीः ६ जनाको मृत्यु, पाँच जिल्लामा रेड अलर्ट
भारतको केरलामा बाढीः ६ जनाको मृत्यु, पाँच जिल्लामा रेड अलर्ट

काठमाडौं। भारी बर्षापछिको बाढीका कारण भारतको केरलामा ६ जनाको मृत्यु भएको छ। अहिले पनि पानी निरन्तर परिरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको केरलाका रक्षा जनसम्पर्क कार्यालयले जनाएको छ।

केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन्।


बाढीका कारण त्यहाँका स्थानीयहरुको जनजिवन प्रभावित भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा आज झनै ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन भारतको मौसम विज्ञान विभागले आग्रह गरेको छ।

अरब सागरमा बनेको पानी पार्ने प्रणालीका कारण पाँच जिल्लामा रेड अलर्ट र सात जिल्लामा ओरेन्ज अलर्ट जारी गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर