१७ मंसिर २०७८, शुक्रबार
गृह आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसः पछिल्लो २ बर्षमा करिब ९ करोड मानिस गरिबीको चपेटामा
आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसः पछिल्लो २ बर्षमा करिब ९ करोड मानिस गरिबीको चपेटामा

काठमाडौं। आज विश्व गरिबी निवारण दिवस। हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने चलन छ । कोरोना त्रासका कारण विश्वभरिकै रोजगारी र अर्थतन्त्र व्यापक प्रभावित भएको छ।

कोरोनाबाट विस्तारै सामान्यीकरण हुँदै गरेको विश्वमा यस वर्षको गरिबी निवारण दिवसमा सबै देश र सरकारबाट एक्यजद्धताको खाँचो देखिएको छ।


यस बर्षको गरिबी निवारण दिवस ‘सबै जनासँगै मिलेर गरिबी निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई स–सम्मान बाँच्ने वातावरण निर्माण गर्ने’ भन्ने नारा केन्द्रित छ।

विश्व बैंकको प्रतिवेदनले पछिल्लो २ बर्षमा लगभग ९ करोडदेखि १२ करोड मानिस फेरि गरिबीको चपेटामा परेका देखाएको छ।

परमाणु शक्ति र हतियारमा अरबौँ डलर खर्च गर्न सक्ने देशहरू आममानिसका भोक, रोग, बासका समस्या सम्बोधन गर्न चुकेका दृश्यले शक्तिशाली राष्ट्र केवल तुजुकमा रमिरहँदा मानवीय पक्ष हराएको आभास दिलाउँछ।

विश्व बैंकको तथ्यांक अनुसार सन् २०११ को २५ दशमलव २ प्रतिशत गरिबी रहेको नेपालमा सन् २०१५ सम्म घटेर २१ दशमलव ६ प्रतिशत भएको देखिन्छ। देशमै रोजगार र सीपको उजागर गर्दै बजार अनि वित्त व्यवस्थापन आवश्यक देखिएको छ।

नेपालमा शासकहरुको चुनावअघिको नारा शान्ति, स्थायित्व र विकास भएपनि सत्तामा पुगेपछि स्वयं अस्थीरता निम्त्याउँदै आफ्नो शासकीय आयु लब्याउनेमा सीमित हुने रीतबाट नेपाल लामै समयदेखि प्रताडित छ।

Facebook Comments

हरेक खबर खास खबर