१८ मंसिर २०७८, शनिबार
गृह लोकसेवा आयोगलाई गाली गर्ने युवक एक वर्षका लागि कालोसूचीमा
लोकसेवा आयोगलाई गाली गर्ने युवक एक वर्षका लागि कालोसूचीमा

लोकसेवा आयोग प्रदेश २ लाई गालीगलौज गरेको भन्दै एक युवक कालोसूचीमा परेका छन्।

प्रदेश लोकसेवा आयोगलाई तथानाम गालीगलौज गर्दै आयोगको इमेलमा प्रतिक्रिया दिएपछि महोत्तरी एकडाडा गाउँपालिका स्थित बथनाहाका प्रनित कुमार झा एक वर्षका लागि कालोसूचिमा परेका हुन्।


कर्मचारी भर्नाको लागि आयोगले गरेको विज्ञापनमा अनलाइन मार्फत प्रनित कुमार झाले दरखास्त दिएका थिए। उनले अनलाइन फारम भर्ने क्रममा कुनै पनि प्रमाणपत्र पेस गरेका थिएनन्।

प्रमाण अपुग रहेको भन्दै आयोगले इमेलमार्फत् जवाफ माग गरेको थियो। तर उनले आयोगको इमेलको जवाफ दिनुको साटो अपशब्द गालीगलौज गरेको प्रदेश लोकसेवा आयोगले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर