१७ मंसिर २०७८, शुक्रबार
गृह धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या
धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या

काठमाडौं। धनुषामा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

जिल्लाको नगराइन नगरपालिका ५ गंगुलीस्थित झाडीमा पहिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय पुरुषको शव आज विहान फेला परेको धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए।


उनका अनुसार खुकुरीले घाँटी काटिएको छ। घटनास्थलमा खुकुरी पनि फेला परेको छ।

मृतक पुरुष सेतो सर्ट र खैरो पैन्ट लगाएका छन्। अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रानाभाटले जानकारी दिए।

आवश्यक कानुन प्रक्रिया पूरा गरी प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी गरेको बताइएको छ।

Facebook Comments

हरेक खबर खास खबर