१८ मंसिर २०७८, शनिबार
गृह आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजदेखिः उद्घाटन खेलमा ओमान र पपुवा न्युगिनी खेल्ने
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आजदेखिः उद्घाटन खेलमा ओमान र पपुवा न्युगिनी खेल्ने

काठमाडौं। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आज बाट सुरु हुँदैछ। युएई र ओमानमा संयुक्त रुपमा सञ्चालन हुने विश्वकपको पहिलो दिन आइतबार आइतबार पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन्।

ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ। ओमान र पपुवाबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ।


यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। बंगलादेश र स्कटल्याण्डबीचको खेल ७ः४५ बजे सुरु हुनेछ।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन्। यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्। पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन्।

सुपर–१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता समूहमा रहनेछन्।

यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज रहेका छन्। पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता यस समूहमा रहनेछन्।

समूह चरणको खेलपछि आबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ। प्रतियोगिताको फाइनल खेल नोभेम्बर १४ मा दुबईमा हुनेछ।

Facebook Comments

हरेक खबर खास खबर