२२ मंसिर २०७८, बुधबार
गृह अन्तर पार्टी निर्देशन जारी भएसँगै नेकपा एसमा असन्तुष्टी
अन्तर पार्टी निर्देशन जारी भएसँगै नेकपा एसमा असन्तुष्टी

अन्तर पार्टी निर्देशन जारी भएसँगै नेकपा एकीकृत समाजवादीमा असन्तुष्टी बढेको छ। केन्द्रीय कमिटीलाई पूर्णता दिएपनि कमिटीमा केही नेताले आफ्ना मान्छे टिपेर ल्याएको र मापदण्ड तथा विधि पद्दतिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टी बढ्न थालेको हो।

हिजो तत्कालीन नेकपा र एमालेमा केपी ओलीले विधि पद्दति र मापदण्ड नमानेको भनेर विद्रोह गरेका नेताहरूले नै नेकपा एसमा व्यक्तिवादी प्रवृति देखाएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए।


पराजुलीले आफू केन्द्रीय कमिटीमा नपरेकोमा कुनै गुनासो नरहेको तर केही नेताले माधव नेपाललाई समेत गुमराहमा राखेर केन्द्रीय सदस्यहरूको छनौट गरेको बताए।

३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दा विधि,पद्दति र मापदण्ड नबनाइएकोमा असन्तुष्टी बढेको नेताहरूले बताएका छन् । नेकपा एसले संगठन विस्तारका लागि ३ महिने अभियान घोषणा गरेको छ। यस क्रममा एक वडा एक सय संगठित सदयस्य र एक हजार पार्टी सदस्य बनाउने अभियान सञ्चालन गर्ने भएको छ।

केन्द्रीय कमिटी सदस्यको चयनप्रति पार्टीका पदाधिकारीहरुले समेत असन्तुष्टी व्यक्त गरेका छन्।

Apani-2-1
Facebook Comments

हरेक खबर खास खबर