१७ मंसिर २०७८, शुक्रबार
गृह केरलामा बाढी र पहिरोमा ११ जनाको मृत्यु, १३ बेपत्ता
केरलामा बाढी र पहिरोमा ११ जनाको मृत्यु, १३ बेपत्ता

काठमाडौं। भारतको केरला राज्यमा परेको भीषण वर्षा र पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ। इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा १३ जना हराइरहेका छन्।

कोटयाममा ९ जनाको र इडुक्कीमा २ जनाको शब भेटिएको थियो। पीडितलाई राहत प्रदान गर्न र हराइरहेका व्यक्तिको खोजीलाई तीब्र पारिएको केरलाका मुख्यमन्त्री पिनारेइ विजयानले बताएका छन्।


बाढी प्रभावित क्षेत्रमा सेना, पनडुब्बी र हवाई फौज परिचालन गरिएको छ। पहिरोले रुख ढाल्दा बिभिन्न ठाँउमा सडक अबरुद्ध भएको छ।

अझै पनि पानी परिरहेकोले उद्दार कार्य प्रभावित भएको छ।

Facebook Comments

हरेक खबर खास खबर