१८ मंसिर २०७८, शनिबार
गृह सन् २०३० सम्म एडीबीले जलवायु सम्बन्धी लगानी १०० अर्ब डलर पुर्‍याउने
सन् २०३० सम्म एडीबीले जलवायु सम्बन्धी लगानी १०० अर्ब डलर पुर्‍याउने

काठमाडौं। बहुपक्षीय विकास साझेदार एसियाली विकास बैंक (एडीबी)ले सन् २०१९ देखि सन् २०३० को बीचमा विकासशील देशमा जलवायु सम्बन्धी लगानी १०० अर्ब अमेरिकी डलर पु¥याउने भएको छ।

एडीबीका अध्यक्ष मासात्सुगु आशाकावाले एसिया प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनको लडाइँमा गर या मरको स्थिति भएको भन्दै गहिरिदों जलवायु संकटले धेरैलाई जलवायु परिवर्तनमा लगानी बढाउन अपिल गर्नुपर्ने स्थिति आएको बताए।


सन् २०१८ मा एडीबीले यसेको ७५ प्रतिशत जलवायु प्रतिकार्य सम्बन्धी अपरेसन सहयोग र उसको आफ्नै जलवायु सम्बन्धी लगानी स्रोतबाट सन् २०३० सम्म कुल ८० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको थियो।

नयाँ घोषणाले लगानीको महत्वाकांक्षा बढाइदिएको छ। एडीबीले अहिलेसम्मको सञ्चित लगानी सन् २०१९ देखि सन् २०२१ सम्म १७ अर्ब अमेरिकी डलर रहेको बताएको छ।

एडीबीले अनुकुलनमा आधारित परियोजना र लक्षित उपलब्धि हासिल गर्नका लागि ३४ अर्ब अमेरिकी डलर लगानी गर्दैछ।

Facebook Comments

हरेक खबर खास खबर