१७ मंसिर २०७८, शुक्रबार
गृह अघिल्लो सरककारले विप्लव नेतृत्वको नेकपासँगको गरेको सहमति कार्यान्वयनका लागि पहल शुरु
अघिल्लो सरककारले विप्लव नेतृत्वको नेकपासँगको गरेको सहमति कार्यान्वयनका लागि पहल शुरु

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँगको सहमति कार्यान्वयनका लागि गृहमन्त्री बालकृष्ण खाँणले पहल सुरु गरेका छन्।

गृहमन्त्री खाँणले सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेका छन्।


बैठकमा अहिलेसम्म सहमति कार्यान्वयनका लागि भएका काम र अबको कदमका विषयमा छलफल भएको जनाइएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल कम्युनिष्ट पार्टीसँग २०७७ फागुन २० गते तीन बुँदे सहमति गरेको थियो।

बैठकमा विशेषगरी सहमतिको बुँदा नम्बर तीनमा रहेको नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत रहेको विषयमा छलफल भएको बताईएको छ।

Facebook Comments

हरेक खबर खास खबर