१७ मंसिर २०७८, शुक्रबार
गृह सिन्धुपाल्चोकमा ३५ जना सवार बस दुर्घटनाः दुईको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा ३५ जना सवार बस दुर्घटनाः दुईको अवस्था गम्भीर

काठमाडौं। दोलखाबाट रिजर्भ लिएर काठमाडौँ आउँर्दै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना भएको छ।

बा २ ख ३२६४ नम्बरको बस लामोसाघु जिरी सडक खण्ड अन्तर्गत सुनकोसी गाउँपालिका–७, पाँच किलो नजिकै दुर्घटना भएको हो।


ब्रेक फेल भएर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्ष बस्नेतले जानकारी दिए।

बसमा चालक र सहचालक सहित ३५ जना सवार रहेको उनले जानकारि दिए। उनीहरुमध्ये दुई जना घाईतेको अवस्था गम्भीर भएकाले धुलिखेल अस्पताल पठाइएको बस्नेतले जानकारि दिए।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर